रास्ट्रिय जागरण अभियानमा सबैलाई स्वागत छ

नेपाल-भारत सम्बन्धको बिषय ।

नेपाल-भारत सम्बन्ध पुनरावलोकन गर्ने बैठकमा यी बिषयहरुले पनि प्रवेश पाउन् –
(१) नेपालीसँग विवाह गरेर आएकी भारतीय चेलीलाइ तत्कालै नेपाली नागरिकता दिइन्छ, तर भारतमा विवाह भएर गएकी नेपाली चेलीलाइ ७ बर्षसम्म नागरिकताविहीन बनाएर राखिन्छ । विवाह गरेर गएको ७ बर्ष नपुगी नागरिकताको प्रकृयासमेत् शुरु हुँदैन।
(२) धेरै बर्षअघि बाढीको निहुँ गरी विराटनगरमा खोलेको सम्पर्क कार्यालयलाइ नेपाल सरकारले बन्द गर्न पटक-पटक अनुरोध गर्दासमेत् अटेर गरी बन्द नगरेको बिषय।
(३) नेपाल सरकारको कुनैपनि निकायसग अनुमति नै नलिई ..पाँच....करोडसम्मका योजना भारतीय दूतावास र वाणिज्य दूतावासले सोझै स्वीकृत गर्ने र रकम निकासा गर्ने बिषय।
(४) भारतमा रोजगारी गरिरहेका नेपालीले भारतकै एसबीआई बैकमार्फत् रकम पठाउन खोज्दा नदिएको बिषय।
(५) दुई देशवीच भएको वाणिज्य सन्धि अनुसार नेपालबाट बनस्पति घ्यु भारत निकासी गर्नलाग्दा सन्धिको विपरित एकातिर कोटा तोक्ने गरेको र सँगसँगै ४ प्रतिशत अतिरिक्त शुल्क लगाएको बिषय ।
(६) कालापानी र सुस्ता कब्जा गरेको तथा लिपुलेक कब्जा गर्न खोजेको बिषय ।
(७) अन्तर्राष्ट्रिय नियमविपरित बनाइएका खुर्दलोटन, लक्ष्मणपुर, कलकलवालगायतका बाँधहरु तथा सीमामै सटाएर अग्लो बाँध बाँधी त्यसमाथि सडक बनाएको बिषय ।
(८) सधैं सीमा अतिक्रमण भैरहेको बिषय ।
(९) अन्तर्राष्ट्रिय अभ्यासमुताविक नेपालले पानीमा हक पाउने बिषय ।
(१०) राष्ट्र बिखण्डन र राज्य बिप्लव गर्ने अभियान गरिरहेका ब्यक्तिहरुलाइ साथ, सहयोग र प्रश्रय दिएको बिषय ।
Share this article :
+
Previous
Next Post »
My Blogger TricksAll Blogger TricksLatest Tips and Tricks
 
Back To Top