ई-कोशी/५ असोज
राष्ट्रिय जागरण अभियान नेपाललाई देशैभर फैलाउने कार्यक्रम अन्तरगत हिजो मिति २०७३ असोज ४ गते मकवानपुर जिल्लाको सदरमुकाम हेटौडामा रहेको ‘बालकुमारी पार्टी प्यालेस’मा मकवानपुर जिल्ला कार्य समिति गठन गरियो ।
राष्ट्रिय जागरण अभियान नेपाललाई देशैभर फैलाउने कार्यक्रम अन्तरगत हिजो मिति २०७३ असोज ४ गते मकवानपुर जिल्लाको सदरमुकाम हेटौडामा रहेको ‘बालकुमारी पार्टी प्यालेस’मा मकवानपुर जिल्ला कार्य समिति गठन गरियो ।
अहिले देसमा राजनीति पार्टी हावी हुँदै
पार्टीका केहि ठुला नेताहरु बिदेसिको ईसारामा नाच्न थालेको रास्ट्रबाद
कम्जोर भै रास्ट्रियतानै खतरामा पर्न लागेकोले रास्ट्र बचाउन पर्छ ।
रास्ट्र बचाउन रास्ट्रको बिषयमा जनचेतना जगाउनु पर्ने भएकोले सोहि
उद्देस्यको साथ जागरण अभियान संचालन गरिएको हो भन्ने मन्तब्य जागरण
अभियानका केन्द्रिय सदस्य आनन्दराम पौडेलले ब्यक्त गर्नु भयो ।
रास्ट्रिय जागरण अभियानकार्यक्रमको
आतिथ्यता गर्न केन्द्रबाट आउनु भएका संयोजक भरत दाहालले प्रधानमन्त्री
प्रचण्डले भारतसँग गरेको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । प्रचण्डले
भारत भ्रमणको क्रममा गरेको सम्झौतामा बैदेशीक नीति, नेपालको सुरक्षा
प्रणाली तथा संविधानलाई भारतको जिम्मा लगाएको आरोप लगाए । दाहालले भारतले
प्रधामन्त्री प्रचण्ड मार्फत नेपाल टुक्राउने खेलमा लागेको पनि बताए ।
प्रचण्ड पनि भारतको इसारामा नाच्नुमा स्वार्थ र जनधनको सुरक्षाको लागि
रहेका भन्दै दाहालले देशको अस्तित्व रक्षाको लागि सबै नेपालीहरु एक भएर
लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अतिथिको रुपमा निम्त्याईएका
नेकपा मालेका भिमसेन महत, राप्रपाका सिताराम बर्तौला, नेकपा माओवादीका
गोकुल दाहाल लगायतकाले रास्ट्रको चिन्तन गर्दै मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तिममा भेलाले कृष्णराज
कोइरालाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । अभियानको
जिल्ला उपाध्यक्ष चन्द्रकिरण श्रेष्ठ, सचिव वालकृष्ण दाहाल, कोषाध्यक्षमा
ध्रुब देवकोटा तथा सहसचिवमा दिवाकर मैनाली चयन भएका छन् । त्यस्तै अभियानको
सदस्यहरुमा अच्युत चालिसे, लक्ष्मी सापकोटा, रामकृष्ण ढकाल, अरुणकुमार
जोशी तथा अञ्जन दाहाल चयन भएका छन् । भेलामा अभियानका केन्द्रीय सदस्य केशव
तौजले श्रेष्ठ, पत्रकार गिरीजा अधिकारी, जनक मान डंगोल लगाएतको उपस्थिती
समेत रहेको थियो ।