रास्ट्रिय जागरण अभियानमा सबैलाई स्वागत छ
नेपालका बीर सपुतहरु

देस ठुलो कि राजनीतिक पार्टी ?

-जनकमान डंगोल 
मदेसी हु भन्ने एकजना विद्वान अम्रिका पढ्न जान्छ र फर्केर आयेसी आफ्नै देसका पहाडी समुदायका  चेलीहरुलाई बेश्याको संज्ञा दिन थाल्छ  ।
आर्को मधेसी छिमेका पढ्न जान्छ र विद्वान बनेर फर्केर आयेसी आफ्नै देसको प्रधानमन्त्रीलाई पागल भन्छ ।
देख्यौ पार्टीका लागी ज्यु ज्यान अर्पिन पछी नपर्ने युवाहरु ? आज तपाई हामीहरु कति निरिह भएर जुवा हारेका पांच पाण्डब जस्ता भएर बसेका छौ । 
गणतन्त्रमा जे पनि बोल्न पाईने रैछ  । आफ्नै पार्टीमा बिभिषण बनेर पार्टीलाई तहसनहस बनाईन पाईने रैछभने यहि नै हो त गणतन्त्रको परिभाषा ?
भोलि देस सिक्किम भो भने पार्टीको आदेस भन्दै दिपावली पनि गर्ने होला नि हैन ? किनभने बिदेसिको आदेशमा अहिले नेपालमा लेन्डुप चरित्र बोकेका नेताहरु सक्कली लेण्डुप  को बन्ने भनेर लिगलिगे दौडमा लागेका छन ।
तर म फरक बिचार राख्ने रास्ट्रबादी बीर गोर्खालीको छोरो । म आफ्नै देसका चेलिहरुलाई अपशब्द प्रयोग गर्न सक्दिन । मलाई गणतन्त्र मन परेन भन्दैमा आफ्नै देसको प्रधानमन्त्रिलाई पागल भनेर कदापि भन्न सक्दिन । तपाईहरु भन्न सक्नु हुन्छ ?
२०१७ सालमा पनि बिदेशी शक्तिहरुले नेपाललाई कम्जोर बनाएर हडप्ने दाउमा लेण्डुप को बन्न सक्छ भनेर लिगलिग दौड सुरु गराएका थिए । त्यो दौडलाई रोक्न भनेर नै स्व.महेन्द्रले कांग्रेस तथा कम्युनिस्टका रास्ट्रबादी नेताहरुको सल्लाहमा दलहरुलाई प्रतिबन्ध लगाएर नेपालमा दलविहीन पंचायती ब्यबस्थाको घोषणा गर्नु परेको थियो । हाम्रा बाबु बाजेहरूले यस्तै भन्नु भएको थियो ।
बाबु बाजेहरूले किन झुटो बोल्नुहुन्थ्यो ।  देखेर, भोगेर नै भन्नु भएको रैछ भन्ने कुरा आज आएर प्रमाणित भै सके पछी मैले अहिलेको गणतन्त्रलाई जिन्दाबाद भनेर कसरि भन्न सक्छु ?
देस बचाउने हामीले हो ।  नेपालको प्राय सबै पार्टीका नेताहरु देस र जनता प्रति गद्धारी गर्दैछन भनेर पटक पटक प्रमाणित भै सके पछी पनि अझै तेरो पार्टी बेठिक मेरो पार्टी ठिक भन्नु भनेको लेण्डुप दौडमा लागेकाहरु लाई हौसला बढाउनु हो । तपाईहरुले के कसरि बुझ्नु भयो ? मैले बुझेको देस, समय र राजनीति यत्ति नै हो । म रास्ट्रिय जागरणमा आबद्ध भएर जागरण अभियन्ता बन्नुको खास कारण पनि यहि नै हो किनभने म मेरो मातृभूमिलाई जानाजानी सिक्किम बनेको कसरि हेर्न सक्छु ?
आफ्नो बिचार पस्किए ! देशलाई सिक्किम बनाउने कि बीर गोर्खालीको स्वतन्त्र देस बनाई राख्ने ? निर्णय तपाई हाम्रै हातमा छ 
Share this article :
+
Previous
Next Post »
My Blogger TricksAll Blogger TricksLatest Tips and Tricks
 
Back To Top