रास्ट्रिय जागरण अभियानमा सबैलाई स्वागत छ
नेपालका बीर सपुतहरु

प्रचण्डको गन्तव्य हेग, हत्या वा आत्मदाह

-सुधिर बिज्ञान सापकोटा
पश्चिमाहरुले २०३१ सालमा तिब्बती ईलाकाहरुमा संचालन गरेको खम्पा आन्दोलनले सोचे अनुरुप उचाई नलिए पछी EU/अमेरिकनहरुलाई नेपालमा एउटा  एजेन्ट/ दाशको खाचो थियो जसले बाहिरी रुपमा  नेपाली जनताको भावनालाई खेलाउन सकोस्, भित्रि रुपमा मालिकको आदेश पालना गरोस ।

खम्पा काण्डको असफलतापछि भेटियको नेपाली एजेन्ट/दाश थिए पुष्पकमल दाहाल उर्फ निर्माण/बिस्वाश/प्रचण्ड,जसले सेक्टर अपरेसनको असफलतामा ठुलो हात खेले  र नैतिकताको आधारमा मोहन बैद्दलाई पद बाट राजिनामा गर्न दबाब दिए । दीर्घकालीन जनयुद्धको नारा अघि सारेर नेपाली जनतालाई रास्ट्रीयता,जनवाद र जनसत्ता, समाजवाद र साम्यवादको मिठो सपना देखाई आफु बिदेशीको इशारामा नाची रहे । 

मुख्य ,सहायक र प्रचारात्मक ईलाका घोषणा गरेर बुर्जुवा शिक्षा,सास्कृतिक क्रान्ति देखि  ‘धर्म अफिम हो’ भन्दै देशमा भएका युवालाई आन्दोलनमा समावेश गराउदै लगियो । सबैको आधार भनेको अर्थतन्त्र हो र देशको भविश्यको कर्णधार भनेको  युवा अनि पहिचान भनेको धर्म,सस्कृति भएकोले तसर्थ पहिलो प्रहार भौतिक संरचनामा आक्रमण गरि देशको अर्थतन्त्रमा धावा बोलियो त्यसपश्चात क्रमिक रुपमा धर्म,संस्कृतिमा ।
प्रतिक्रियाबादी सत्तालाई  विस्तापित गर्दै विकल्पमा जनबादी सत्ता स्थापित गर्ने भन्दै कार्य कर्तालाई सम्मोहन (hypnotized) मा पारेर तत्कालिन सत्ता प्रति आक्रोशित, अरु पार्टीमा चित्त नबुझेका र केहि राजनैतिकरुपले कम्जोर भएकालाई गोलबन्द गर्दै समान्तर सरकार चलाउन सक्ने गरि पार्टी,सेना र मोर्चाको निर्माण गरे 

बिदेशीको इशारामा दिल्लीमा भारतीय गुप्तचर संस्था "र" को सुरक्षा घेरा भित्र पाच तारे होटलमा बसी नेपालमा रास्ट्रीयताको लडाई भन्दै आफ्नै नेपाली नेपाली दाजु भाईको नरसंहार गर्दै १७००० नेपाली जनताको रगतसंग होलि खेल्ने बिदेसिको ईसारामा नाच्ने दलाल हुन्  प्रचन्ड ।  बिदेशीको चाहना नेपालमा अस्थिरता पैदा गर्नु थियो, नेपालमा अस्थिरता हुदा तिब्बतको गतिबिधिमा खेल्न मिल्ने बिदेशी सोच,तेही चाहना पुरा गर्न निरन्तर लागिराखेको  थिए  प्रचण्ड ।

प्रचण्ड एउटा प्रवृति हो
प्रचण्ड नाम वा व्यक्ति होइन,प्रचण्ड एउटा प्रवृति हो । यस्तो प्रवृति जो सधै सत्ता र शक्तिमा बस्ने नशा लागेको छ । बोल्छन एउटा तर गर्छन् अर्को , जनयुद्धलाई धन सङ्ग्रह गर्ने माध्यम बनाए ।  साम्राज्यबादी र बिस्तारबादी भन्ने काम चाही उनीहरुकै सेवा गर्नु थियो ।

भारतको बिरुद्ध नेपालमा सुरुंग युद्ध गर्छु भन्ने तर भारतमा RAW (र) को सुरक्षित घेरामा बस्ने, जायज/नाजायज सबै बैध मान्ने यति सम्म कि बिचार नमिल्नासाथ बिभिन्ना आरोप लगाउंदै आफ्नै सहयात्री कमरेडलाई भौतिक सफाया गर्न पछि नपर्ने, देशलाई जुवाको खालमा राख्न समेत पछी परेनन् । बैकल्पिक नेत्रित्वोको बिकाश भन्दै गुट-उपगुट बनाउने र आफु शक्ति-शाली  बनिरहने, प्रतिद्वन्दी, प्रतिस्पर्धीलाई सिध्याउने, प्रचण्ड प्रवृति खतरनाक छ ।

यान प्रसाद गौतम ‘आलोक’, प्रचण्डको प्रतिस्पर्धी भएर आए, उनि उनकै शाली रचनासंग यौन काण्डमा फसे ।  राम बहादुर थापा ‘बादल’ प्रतिस्पर्धी भएर आए, उनीलाई पनि पम्फासंग टसाईयो र बादल पम्फा यौन काण्डमा फसे ।  जो जति प्रतिस्पर्धी/ प्रतिद्वन्दी भएर आए उनिहरु कतै न कति प्रचण्डको दलदलमा फस्थे ।
युवाहरुलाई अगाडि बढाउने भनेर प्रतिस्पर्धीको लागि अग्रजहरुलाई साईड लगाउन विप्लब, रबिन्द्र श्रेष्ठ, बर्षमान पुन, जनार्दन शर्मा, कृष्ण बहादुर महरा लगायतलाई  बैकल्पिक नेत्तृत्वको उत्पादन भन्दै नियोजित रुपमा गुटबन्दी गरिरहे । 

बाबुरामलाई गद्दार, सैदान्तिक बिचलन आएको भन्दै कारबाही गर्ने प्रचण्डले बाबुरामलेनै प्रतिपादन गरेको एक्काइसौं शताब्दीको जनबाद लागु गर्न पछी परेनन् ।  बिदेशीको इशारामा १२ बुंदे सम्झौता गर्नलाई भारतको प्रतक्ष्य संग्लनतामा पार्टीका अग्रज नेताहरु मोहन बैद्य, सी.पी. गजुरेल, मात्रिका यादवहरुलाई पाखा लगाईएको थियो |

पार्टीमा जहिले बहुमत र सत्तामा बस्न हरेक हत्कण्डा अपनाउन पछि नपर्ने प्रचण्डले, कहिले रामबहादुर थापा त कहिले मोहन वैध, कहिले बाबुराम त कहिले सी.पी गजुरेलको साथ लिईराखे ।  अल्पमतमा पर्ने भए पछि नारायण काजि श्रेष्ठ जसले जनयुद्ध सधै गतल  भनेर भनिरहे उनैलाई नाटकिए ढंगले पार्टीको उपाध्यक्ष बनाईएको घटना समेत छर्लंग छ भने तिनै  नारायण काजी गुटको संख्याले प्रचण्ड अहिले यतिखेर फेरी बहुमतमा बसेका छन ।

बिरोधि बीच एकता र एकता बीच बिरोधि रणनीति बनाउनमा पारङ्गत छन् प्रचण्ड ।  युद्धकालिन अवस्थामा नेपालमा नरसंहार मचाउन, तत्कालिन भारतीय रक्षा-मन्त्रि जर्ज फर्नान्डिज मार्फत जनमुक्ति सेना नेपाललाई हतियार पुर्याउने हाल प्रचण्डको राजनैतिक सल्लाहकार चक्रपाणी खनाल "बलदेव", बाबुरामलाई अफ्टेरो पर्दा ढाल बनेर उभिने मै हु भन्ने टोप बहादुर रायमाझी जस्ले ठेक्का पट्टाको कारणले बुटवलमा "सुजित" मार्फत प्रचण्ड थैबको हत्या गर्न लगाए ( सुजित हाल भैरहवा कारागारमा छन्, थैबको हत्या पश्चात सुजित टोप बहादुरकै गाडीमा बुटवलबाट  काठमाडौँ पुगेका थिए) । 

सुजितको जेल चलान पछि ठेक्का पट्टा,पैसाको हिसाब राख्न पाल्पाली कार्यकर्ता अगाडी आए । पछि उनै कार्यकर्ताले टोप बहादुरको पैसा खाए । पैसा डुबे  पछि टोप बहादुरले आफ्नै श्रीमतीलाई  उनै कार्यकर्तासंग बिबाह गराएर अंशबंडा गर्न लगाई डुबेको केहि रकम र श्रीमती फिर्ता ल्याउन टोप बहादुर रायमाझी सफल भएका थिए ।

बाबुरामले नयाँ शक्ति घोसणा गर्दा बाबुरामले बिस्वाश गरेका व्यक्ति प्रचण्डको साथ बस्नुको एकमात्र कारण थियो पैसा । लडाकु शिविरमा भएको भ्रस्टाचारमा तत्कालिन लडाकु कमाण्डर तथा उपराष्टपति नन्दकिशोर पुन पासाड, माओवादी नेता तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व कमाण्डर तथा उर्जामन्त्री जनार्दन शर्मा, पुर्व डिभिजन कमाण्डर  हाल प्रचण्डको राजनैतिक सल्लाहकार चक्रपाणी खनाल "बलदेव" हरुको रुप फरक भए पनि सार एउतै र प्रचण्ड एंड कम्पनिको अनेकतामा एकता को सम्बन्ध थियो ।

२०६०सालमा क्रसर उद्योग चलाउने हेटौंडाका अजय सुमार्गी एक दसकमै खर्ब पति बन्नु र राज परिवारसंग  नजिक सम्बन्ध भएका सुमार्गीको प्रचण्डसंग दिन रात उठ बस हुनु, आफैमा एउटा आश्चर्यजनक छ ।
सर्वहारावर्गको लागि मुक्ति या मृत्युको कसम खाएर युद्धमा होमिएका प्रचण्ड एण्ड कम्पनि अख्तियारले भ्रस्टाचारको संकामा चिट्ठी काट्दा सेटिंग मिलाई सकेको अभिव्यक्ति दिंदा प्रचण्ड भ्रस्टाचारमा कति डुबेको रहेछन छर्लंग हुन्छ । सर्बहारा वर्गको सत्ता र साम्यवादको सपना बाड्ने नेत्रित्वो भ्रस्टाचारमा फस्नु यो भन्दा हास्यास्पद अरु के नै हुन सक्छ र ।

रास्ट्रियताको खोक्रो नारा दिएर १७००० आफ्नै नेपाली जनताहरुको नरसंहार गर्ने, सत्ता र शक्तिको लागि देशको भविष्यनै बन्धक बनाउने प्रचण्ड अहिले भारतको yes man (ताबेदार)  भएर हेग जान बाट बच्न खोजि रहेको छन् । इन्डो-वोईस्टन गठबन्धनले जब सम्म चाहन्छ तब सम्म मात्र यिनी स्वतन्त्र हुन् नत्र प्रचण्डको हेग चलानी  निश्चितनै छ ।

देशको भविष्य माथि खेलवाड गर्ने प्रचण्डले पदम कुवरको झापडबाट पाठ सिक्नु पर्ने थियो ।  दुर्भाग्य स्वदेशी जनता भन्दा बिदेशी मालिकलाई खुसि बनाउन यिनी लागे ।  हालै पूर्व लडाकुद्वारा पेरिसडाडा कब्जा गर्ने संगठित समूहले परि आए हत्या गर्न पछाडि नपर्ने बताएको छ ।  प्रचण्डको लागी यो शुभ संकेत भने पक्कै पनि हैन । प्रचण्डलाई पदम कुवर जस्ता एकलै होस् या संगठित समूह जोसको भविष्य माथि खेलवाड गरे तिनीबाट हत्या हुन सक्ने प्रबल सम्भावना छ या जनताको प्रतिकारबाट गद्दाफी जसरि पनि मारिन पनि सक्छन भने अर्को तर्फ आफ्नै मालिकहरुले प्रचण्डबाट कुनै बाधा अड्चन भए मिर्जा दिलसाद बेग, राजा बिरेन्द्रको परिवारको हत्या, मदनभण्डारीको हत्या, सद्दाम हुसेनको फासी,देखि बिश्व प्रसिद्ध आतंकबादी अल कायदाका मुखिया ओसामाबिन लादेनको हत्या (ओसामा ,सद्दाम अमेरिकाले बनायो ,प्रयोग गर्यो र अन्त मा  Use and Throw को नीति  लियो) त्यस्तैगरि प्रचण्डको पनि हत्या हुन सक्ने प्रबल सम्भावना छ ।

हत्या जनस्तरबाटै हुन्छ या यिनकै मालिकबाट ? तर हत्या हुन्छ यसमा कुनै दुईमत छैन । यिनी हिटलरको सिको गर्दै आफ्नै कन्चटमा पेस्तोल पड्काएर आत्मदाह गर्न पनि सक्छन ।

नेपाली जनताको मन कोमल छ । अझै पनि सुध्रिएर, बिदेशीसंगको अनैतिक सम्बन्ध तोड्दै, रास्ट्रीयता को पक्ष्यमा  वकालत गर्दै जनतासंग माफ मागेमा नेपाली जनताले सहयोग गर्लान नत्र हेग, हत्या वा आत्मदाह नै तिम्रो गन्तब्य हो प्रचण्ड ।
(यो लेख लेखकको निजि बिचार हुन)
Share this article :
+
Previous
Next Post »
My Blogger TricksAll Blogger TricksLatest Tips and Tricks
 
Back To Top