पाकिस्तान मा केही खास कुराहरु छ्न जो हामिले सिक्नुपर्छ।
१. केही साथिहरुले इङ्गित गर्न खोजेजस्तै, पाकिस्तान मा हडताल छैन। कलेजहरु सफा छन र कतै नारहरुले बिश्वबिद्धालयका परिसरहरु फोहर छैनन।नमुना वातावरण छ पडन लेख्न।
२. शिक्षकहरुको तलब दक्षिण एसियामा नै सबैभन्दा बढी रहेछ। तेसैले प्रध्यापकहरु दलका पछाडी जागीर माग्न दगुर्दा रहेनछन।
३. पाकिस्तानमा भारतको कुरा काट्ने चलन मैले देखिन। पाकिस्तानी बिद्वानहरु आतंकबादको खुलेर बिरोध गर्दा रहेछन।
४. पाकिस्तान एउटा प्रगतिसिल देश देखें मैले। बुर्का लगाउने महिला कक्षामा एकदुइ जना मात्र हुन्थे। एक्जना भरतिय प्रध्यापक सङ छोटो कुराकानी भयो। उनी खुशी थिइन।
५. शहरलाई सफा राख्ने बानी सबै भन्दा राम्रो लाग्यो र बिहान माइक बाट ध्वनि प्रदुषण नहुदा उठन अलार्म जोडनै पर्यो।
६. दक्षिण एसियाले एकदिन प्रगती गर्छ जस्तो लाग्यो।
७. तक्सिला लाई जुन तरिकाले सम्भार गरेको छ, त्यो सभ्यताको संरक्षण गर्न प्रती देखाएको चासो प्रती बधाइ दिनै पर्छ।
SAARC को सम्मेलन हुन सकेन। तेस्ले पकिस्तानलाई केही असर पर्दैन भन्ने उनिहरुको बिचार पांए। मैले सार्क प्रती कम चासो हुनु हुदैन भनी जोड गरें।इनाम उल हक पुर्व पररास्ट्र सचीव तथा अन्तरिम सरकारका मन्त्री ले मेरो भनाइ प्रती सहमती जनाए। नेपाल एअरलाइन्स वा हिमालयन एअरलाइन्सले तत्काल इस्लामाबाद को उडान सुरुगर्नु पर्छ । पाकिस्तान को ग्वादार ब्न्दर्गाह नेपाल ले प्रयोग गर्न सक्ने मैले देखे।
पाकिस्तान नेपाल सङ् व्यापार बडोस भन्ने चाहन्छ। पाकिस्तानको तेक्टाइल प्रबिधी नेपालमा ल्याउन सकिन्छ भन्ने उनिहरुको सोच छ। पाकिस्तान अब लोक्तन्त्रबाट पछाडी हट्दैन भन्ने अठोट उनिहरुमा छ। नेपाल को संविधानअलाइ उनिहरु सन्सार्कै उत्कृस्ट संविधान ठान्छन। नेपालले सार्क को सकृए कुट्निती गरेको भय उस्को इज्ज्वत धेरै बड्थ्यो भनी भन्थे। उनिहरु अब बिरोधको राअनिती होइन निर्माण को राज्निती गर्नु पर्ने तर्क गर्छ्न। - Yubaraj Sangroula