रास्ट्रिय जागरण अभियानमा सबैलाई स्वागत छ
नेपालका बीर सपुतहरु

दसगजासँगै १२ फिट चौडा सडक

२०७३. १२. ०६ गते 'अन्नपूर्न पोष्ट' मा प्रकाशित।
दसगजा क्षेत्रभित्रको जंगे पिलरकै छेउबाट १२ फिट चौडा सडक निर्माण भइरहेको हो । डेढ किलोमिटर सडक धमाधम कालोपत्रे भइरहेको छ ।
भारतीय प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी र नेपालस्थित प्रशासनिक र सुरक्षा अधिकारीबीच छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङका प्रमुख भुवनेश्वर प्रसाद, मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीलगायत थिए । सडक निर्माणको जिम्मा लिएका भारतीय ठेकेदार भने छलफलमा उपस्थित थिएनन् ।सांसद अमृत अर्यालले पनि दसगजा र नेपाली भूमि मिचेर सडक निर्माण भइरहेकामा चासो व्यक्त गर्दै प्रजिअ कोइरालालाई यो काम तत्काल रोक्न प्रभावकारी पहल गर्न आग्रह गरेका थिए ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङका प्रमुख एसपी भुवनेश्वर प्रसादले दसगजा अतिक्रमण नगरीकन सडक निर्माण गर्ने सहमति भारतीय अधिकारीसँग एक महिनाअघि नै भइसकेको बताए । ‘दसगजा मिचेर सडक निर्माण गरिसकेको र केही स्थानमा काम जारी थियो', उनले भने, ‘त्यही बेला दुई देशका अधिकारीबीच दसगजा छाडेर भारतीय भूमिमा मात्र सडक बनाउने मौखिक सहमति भएको थियो ।' लिखित नभए पनि दसगजा र नेपाली भूमि मिचिएको ठाउँको सडक भत्काएर भारततर्फ सार्नेसम्मको मौखिक सहमति भएको एसपी भुवनेश्वरले बताए । उनले भने, ‘सहमतिअनुसार भारतीय पक्षले काम नगरीकन सहमतिविपरीत अहिले पनि सडक निर्माण गरिरहेको भन्ने जानकारी आएको छ । के हो भनेर बुझिरहेका छौँ ।'
कुन ठाउँदेखि भारतीय पक्षले सडक बनाउन पाउने भनेर नेपाल र भारतका अधिकारीबीच सिमाना छुट्ट्याउने काम एक महिनाअघि नै भएको थियो । भारतीय अधिकारीसँग समन्वय गर्दै प्रमुख नापी अधिकृत सुशील डंगोल नेतृत्वको टोलीले सिमाना छुट्ट्याएको थियो । डंगोलले दसगजा छाडेर भारतीयले सडक निर्माण गर्न पाउने गरी सिमाना छुट्ट्याइएका कारण त्यसलाई कार्यान्वयन गर्ने काम सुरक्षा अधिकारीको भएको बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोइरालाले दसगजा र नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण नगर्ने सहमति उति बेलै भइसकेको जानकारी दिँदै भने, ‘अझै पनि सहमति कार्यान्वयन नभएको पाइएमा त्यसलाई रोक्न प्रभावकारी कदम चालिनेछ।'

Share this article :
+
Previous
Next Post »
My Blogger TricksAll Blogger TricksLatest Tips and Tricks

Related Post

 
Back To Top