डा.उपेन्द्र देबकोटा
सुगौली सन्धीपछि हाम्रो देशको स्वाधीनता गुम्यो । स्वतन्त्र राष्ट्र भन्ने
गरिए पनि परोक्षरुपमा त्यो बेलाको ब्रिटिश इन्डियाले हाम्रो सबै कुरा
नियन्त्रण गथ्र्यो । हामीले त्यसलाई महसुस गर्न सकेनौं किनकी मुठी अलिकति
खुकुलो थियो, तर बारम्बारका राष्ट्रिय घटनामार्फत उसले हामीलाई ‘तिमी
हाम्रो मुठीभित्रको माखो हो र हाम्रो परिधिभन्दा बाहिर छैनौ’ भन्ने कुरा
नमीठो ढंगले संस्मरण गराइदिएकै हो ।
२०४६ सालमा भारतले नाकाबन्दी गर्दा दलहरु नाकाबन्दीको पक्षमा उभिए । नाकाबन्दीविरुद्ध लडेको सरकारलाई आन्दोलनबाट फ्याँक्ने काम भयो । त्यसयता निरन्तर हामी भारतीय एजेन्डालाई बोक्दै हिँडिरहेका छौं । पछिल्लो समय १८ हजारको बलिदान दिएर स्थापित भएको शक्ति समेतको सहभागीतामा भारतकै संरक्षकत्वमा १२ बुँदे समझदारी गरियो । त्यो समझदारी नेपालका लागि विषवृक्ष थियो, जसको फल अहिले हामी चाखिरहेका छौं ।
२०४७ सालपछिको उन्मुक्त वातावरणमा दलहरुले संगठन गर्ने र त्यसमार्फत देशलाई समृद्धिको बाटोमा लैजाने मौका पाएका थिए । तर, त्यो मौका उनीहरुले खेर फालिसकेका छन् । यसबीचमा सत्तामा टिक्नका लागि राज्यले विभिन्न नामधारी समूह र संगठनहरुसित छ्यास्छ्यास्ती सम्झौताहरु गरेको छ । कतै तीनबुँदे, कतै ८ बुँदे कतै २६ बुँदे ।
अंग्रेजीमा एपिजमेन्ट भन्छन् नि, असम्भव कुरामा पनि सम्झौता गर्ने काम । हामीले एउटै चिज धेरै थरी समूहहरुलाई दिने सम्झौता गर्यौं, जुन व्यवहारिकरुपमा असम्भव थियो । यसको परिणाम कुनै दिन देखिनु नै थियो ।
![]() |
डा.उपेन्द्र देबकोटा/संयोजक रास्ट्रिय जागरण अभियान |