रास्ट्रिय जागरण अभियानमा सबैलाई स्वागत छ
नेपालका बीर सपुतहरु

हामीले टेकेको भुइ

-डा.बिनोद न्यौपाने 


 गम्नोस !
हामीले बेहोरीरहेको बेबस्था दलाल पुजिपतिय र दलाल क्रान्तिकारी पुजिपतिय पद्दती हो ! किन ?
- यो बर्ग सत्ता अर्को तप्का - बर्गसँग नजावोस भनेर - राज्यको पुनर्सम्रचना (restructuring and restoration of power) गर्छ !
- पुजी एकीक्रित गरी सन्कलन गर्न राज्य भरी पासो थाप्छ !
- राज्यका हरेक क्षेत्रमा बिखन्डन ल्याउछ, सामाजिक सम्रचना भत्काउछ, तेस्लाई प्रोत्साहित गर्छ !
- नितीबाट राज्य सन्चालन होइन कृयाकलापबाट आर्थिक र मौद्रिक निती सन्चालन गर्छ !
- हरेक सामाजीक र बीकास सम्बन्धी कार्यमा कमिसन र भ्रस्ट्राचार गर्छ !
- हातमा रहेको सक्ती प्रयोग गरी नीर्धा - निमुखा र सिर्जनात्मक सोचलाई कुल्चन्छ !
- पुरातन रुढिबादी प्रब्रिती देखी Post Modernization प्रब्रिती र सोचलाई आफ्नो अनुकुल प्रयोग गर्छ !
- बेक्ती स्वार्थ, नाताबाद्, कृपा बाद्, चाकरी, जमिन्दारिय जस्ता चारीत्रिक गुडलाई घुमाएर सहयोग र सहायता गर्छ किनकी उस्को सामाजिक पूजिमा अहम् भावना झल्कियोस र उस्का सन्तान बीसीस्ठ बेक्तीमा आउन !
- गान्धीबादी राज्नीतीले मुखमाड लाग्दैन, सुख सयल प्राप्त हुँदैन भन्ने यो पद्दती भित्र राज्नीती गर्नेले Actors (Local, National, Regional Supra local) ले बुजेको हुन्छ, यिनिहरुको चारीत्रीक र बीसिस्ठ चाख अर्थ तिर रहन्छ !
- यो पद्दती भित्र एस्का Actors हरुले राम्ररी आफ्नो पक्छ्यमा राज्यको चौथो अङ प्रयोग गर्न जानेको हुन्छ, किन्छ, प्रयोग गर्छ , मानेन भने लगौटी फाले जस्तो फाल्ने प्रयत्न गर्छ ! हत्या नै गराउन पनि पछी पर्दैन !
- खुला अर्थनिती भित्रको बजारलाई खुल्ला छोडेको नाटक गर्दै आँफै कालो बजारी सग्लङ्न रहन्छ, नाटक गर्न साह्रै नै धुर्त तरीकाले डाटा हरुको तोड मरोड गर्दछ !
- यो पद्दती भित्र रहेका Actors हरु वा राज्य संचालकहरु बिदेशीहरु प्रती, उन्ले ल्याएका निती र कार्यक्रम प्रती सबै भन्दा पहिले अर्थ हेरी सहयोग र माग्न लालायीत रहन्छ !
- स्थानियस्तर स्रोत , साधन र स्रोत बेक्ती प्रती पुर्दतया आँखा चिम्लिन्छ ! हैकमबादी सोचले गाजेर लैजान्छ !
यो सबै हुनु Globalization , Global Flows वा नब उदारबादी राजनैतीक - आर्थिक निती अन्तर्गतको उपलब्धी हो ! यहाँ उल्लेखीत प्रतेक कुरालाई Indicators लगाइ 0-10 को Scale मा नाप्न सकीन्छ !
एस्ले दन्दात्मक् भौतीकबादको चुरो पनि छोड्छ र प्रजात्रान्त्रिक पद्दतिको गुदि पोलेर खान्छ ! समय अनुसार स्वार्थ अनुकुलको पुजिपतिय पद्दती को बीकास हो ! यो फेलुयर राष्ट्र होइन, खोक्रो राष्ट्र हो ! एही खोक्रो भित्रको स्थिती राखेर सबै उदेश्य पुर्ती गर्छ ! जहाँ पारदर्सीता, कानुनको शासन खोज्ने जनता ढडिया भित्र पारीयेको हुन्छ ! उस्ले उस्को मुख ताक्ने, अर्कोले अर्कोको मुख ताक्ने राज्नैतीक परिबेश् देश भित्र सिर्जित हुन्छ !
हामी र हाम्रो परिबेश् :
  अब हामी, स्वस्थ, सुखी, आरामदायी जिन्दगी, सिर्जन्सील सोच, आधुनीक प्रबिधी र स्थाइ समाज तिर बदलीदो अवस्थामा छौ ! नेपालीहरु ठाउँ, पहीचान र सुख सयल खोज्दो अवस्थामा छ ! हामीले आज मानीश र ठाउँ ( PLACE), सामाजिक अनुभब र सम्बन्धहरु बीच भैरहेको अन्तर्कृया, तर परिरहेका, तैरिरहेका र थेग्रिएकाका सस्क्रिती, रितिरिवाज र चाहना र आवश्यकता समात्नु बाहेक हामीसँग बिकल्प छैन ! जस्लाई मथ्ने काम Globalization को अबधारणाले अगी सारीदिएको छ ! प्रजात्रान्त्रीक परीपाटि भित्र रहने हो भने भाग्ने ठाउँ छैन ! यो ग्रामिड समुदाय देखी शहरी समुदाय भित्र परिवर्तनका यि रुपरेखा प्रस्ट देखीन्छन ! बिस्व मै सबैभन्दा ठुलो मानबको लागि महत्वपुर्ड: सामाजिक सुरक्षा हुदोरहेछ ! प्रस्ट हाम्रो परिप्रेक्छ्यमा माओवादी दन्दकालमा देखियो, मानीश श्रीमती र छोरा छोरी टिपेर गाउबाट शहर पस्यो ! हाम्रो समाजमा  सामाजीक् सुरख्या,  Institutional Proximity , Geographical proximity , सास्कृतिक भुगोल, टार , गरा र धान खेत र तेस्माथि  हाम्रो आर्थिक र सामाजिक कृयाकलापबारे अध्ययनको बीसय बस्तु बनाउने बेला भैसकेको छ ! जे जती समस्या राजनीतिक ब्यापारिकरनबाट देखिएका छन; उचीत समाधानको लागि बाताबरडिय समाज शास्त्र, स्थानीयता,Location-Based बीकासका पुर्वाधारहरु, इमान्दारिता, नैतीकता, दृष्‍टि माथि हामी हाबी हुनेबेला भै नै सकेको छ ! हामी १९४० को दसक तिर Keynesian Welfaralism  राज्यले चलाऊने बजार बेबस्था को Political Economics को अवस्थामा थियौ भने ऐले हामी  Schumpeterian growth and growth policy design तिरको अवस्थामा छौ ! जहाँ आँफै regulating markets monetarism को खाका तिर हुनुपर्ने हो ! तर बीडम्बना : हामी कालो बजारिको चङुल भित्र छट्पटाइ रहेका छौ ! Development Model का कुरागर्दा उदाहरड लीदा राष्ट्रिय अर्थ बेबस्थाको बेबस्थापना गर्न लागेको भारत, आज प्रतेक बिस्व बजारमा आफ्नो दरो उपस्थिती देखाउछ ! हामीले आफ्नै स्रोत र साधन र स्थापीत बजारलाई पनि बेबस्थापना गर्न सकेनौ, तयारी कपडा, रेसमी साल चौपत पारेर छोड्यौ !   
  हामीले कुनै Place-Space का समस्याहरु, पहीचानका कुराहरु ( १९४० पछी नागरिकताको बीरुद्द आएको पहीचान भन्ने शब्द हो( Andy.P, 2006 ) र राम्रो जीवनका लागि चारैतिर नजर लगाउनु पर्दछ, किनकी यो १२६ जात जाती, बीभीन्न धर्म भित्र बाधियेर कोही धेरै र कोही थोरै जनसख्या रहेको फुलबारी हो ! यहाँ सबै भाषाहरुको सम्रक्छ्यन् , अनुसन्धान र सम्बर्धन हुनु जरुरी छ ! त्यो एश नेपाली भन्ने राष्ट्रको सम्पत्ति हो !  यहाँ मुलत हामी हाम्रो समाज भित्र पसेका छैनउ, यहाँ बीदेशी दात्रु सस्थाका उदेश्य अनुरुप केही अनुसन्धानका काम भएका छन ! हाम्रो समाज, धर्म, हाम्रा Values, हाम्रा सस्क्रिती र रितिरीवाज बारे कुन राम्रा कुन नराम्रा किन राम्रो किन नराम्रो माखो मारेको देखिएन ! मात्रै हावादारी प्रजात्रान्त्रिक समाजबाद्, मार्क्क्स, माओ, बिपी र भण्डारीको नाम भजाउदै स्वार्थ पुर्ती गर्ने र हाम्रा सास्कृतिक धरोहर, नेपालीत्व पुजीलाई भत्काउन र ध्वन्स गर्न सिकायौ !
 "मदेश शब्द लिएका छन तर त्यो भित्रका जात जाती, रिती रीवाज, पछी परेको जात, सस्क्रिती बारे कोही बोल्दैन ! उ मदेश र मदेशी शब्द बेचेर स्रोत र साधन आफ्नो भागमा, कुर्शी र पद सधैं आफ्नै बर्ग भित्र पारी सामन्ती सस्कार बाट बाहिर फुत्कन नदिने प्रयत्न मै छ ! तेस्तै, अलिकती Advanced तरिकाको कृयाकलाप देखाएर पहाडमा बसोबास गर्नेलाई पनि पछी पारीएको अवस्था देखीन्छ !
बास्तबीक, राज्यको पुनर्सम्रचना गर्दा हामीले सम्रचना ( जनसंख्या ), जात जाती बाधियेका रेशाहरु, उमेर, सिर्जन्सिलता र समाजका परिवर्तित् रुपहरु जस्लाई संचार, सिक्छ्या र प्रबीधिले प्रती सेकेन्ड बदलिरहेका छन त्यो समात्नु (Space Framing Time Framing) अत्याबस्यक छ !
साथै कुनै छेत्रमा सिर्जना गर्न सकीने अबसरहरुलाई र भएका अबसरहरुलाई प्रयोग गरिएन ! ४ जनाको नीर्डय ६०१ को तालीले यो अवस्थामा गुज्रन पुग्यौ, यो कस्तो खालको शासन बेबस्था हो माथि नै बर्डन गरी सकिएको छ !      
Place, Space Time माथि हाम्रो सामाजिक र आर्थिक गतिबिधी गर्दा हामी Rural transformation; Historical landscape Perception (बिचार सोच) बदलिदो अवस्थामा छौ ! हाम्रो आफ्नो घर भित्रको परीबेश् ( सदस्यता, बिहे गर्ने उमेर, सन्तान जन्माउने मान्यता, खाना खाने प्रचलन देखी हाथ चुठ्ने तरीका ) सम्म  परिवर्तन अाइसकेको अवस्था छ ! कुनै पनि छेत्रमा रोजगारीका अबसर, स्रोत र साधन हामी माथि हामी गहिरो रुचिपुर्वक सम्भ्याब्यता खोजिनिधी गर्न हिच्कीचाउनु; हामी माथि एही ०४६ पछी बाटो देखाउनेहरुको भ्रस्ट्र चरीत्र नै हाबी छ ! पुरै पुरानो कर्मचारीतन्त्रले आधारभुत आधारहरु दिएर यो सम्रचनाहरुको सम्रक्छ्यन् र बीक्रिती र नयाँ नयाँ ढाट्ने प्रब्रिती हरुको बीकास गर्दै लगेको छ ! आर्थीक र सामाजीक् पृष्‍ठ भुमी र बीदेशी आदेशले राजनैतीक नारा, निती, रुपरेखा राज्नैतीक ब्यापारिहरुको लागि तयार गरिदिदो छ, तेसैको प्रतिफल संघियता, सीमान्कन आदी इत्यादी आउँदा छन, भजाउदा छन - कमाउदाछन् !
हामीले भुल्न हुँदैन, आफ्ना (प्रतेक जात जाती, धर्मालम्बी, तराइ, पहाड र हीमाली छेत्रका नेपालीहरुले) आधारभुत धरातलहरु जुन भुमीमा हाम्रा सामाजीक् सम्बन्धहरु मानिस बिच र Place बीचबाट यो अवस्थामा अाइपुगेको छ ! PLACE ले हाम्रो पहीचानको आधारभुत धरातल तयार गर्दछ ! एक बेक्ती वा एउटा समुदायको कथा, स्थानिय स्तरमा रहेको सस्क्रिती, रिती रीवाज, त्यहाँको ढुङ्गा , माटो , कला, भाषा ले तयार गर्दछ ! हामी, पथ भ्रस्ट भएका छौ ! आफ्नै आस्था, भुमी र बीश्वास गुमाएका सपनाको खेतिमा कुद्ने मनुवा बनाइएका छौ वा बनेका छौ ! ऐले हामीले अब, सोचाइ, मानसीकता,Self-Awareness , SPACE FRAMING TIME FRAMING का आधारमा बदल्नु जरुरी देख्छ यो भैरे !
राज्नीतिग्य हुँ भन्नेले यो कुराहरु स्वीकार्नै पर्दछ !सत्य, तत्थ्य, अनुसन्धान भएका,हिजो इतीहासबाट प्रमाडीतकुरा तिर ध्यान दिन जरुरी देख्दछ ! चार चौरास गफले, आउँदा दिन चीउरा चपीने वाला छैन !
प्रजात्रत्रका २६ बर्षमा पार्टीहरु भित्र देखियो के ?
स्व. कोइरालाको र पार्टीहरुको दवाब मुलक शासनले नेपालीहरुको Sovereignty ले स्थान पाएन ! सस्थागत बीकास फुल्न र फल्न पाएन ! यो पुर्डतया Rational egoism, Psychological Egoism Ethical egoism ( बेक्तिका चाहना, चाख, स्वाद )मा फस्न पुग्यो ! यो बेक्ती प्रसन्सा, बेक्ती खुशी , बेक्ती को चाखमा शासन चल्न थाल्यो नाम पार्टी भनेपनि भनिये पनि !
आफ्ना खुशी सेर बहादुरले प्रम फेर्ने प्रयास तेसैको अभ्यास हो ! पार्टी भित्र पद्दतिको बीकास छैन ! ऐले झलनाथ र मादपको घुर्क्याइ र ओलिको अहमपन् प्रस्ट देखिन्छ ! यो मोरल Scale, Norms Values कुल्चिने बाहेक अरु पार्टीगत प्रजात्रन्त्रिकरनमा सुन्य प्राय देखीन्छ !
माओवादी केन्द्र भित्र: यो १ हजार माथि केन्द्रिय समीती, झुन्ड हो कि पार्टी भित्र प्रजात्रान्त्रिक अभ्यास हो ? वा प्रचन्ड र सिमीत बेक्तिहरुको चाख (Rational egoism-Selfishness) हो ! केहाने र क्रास्नेर भन्छन, जब मान्छे सक्ती हातमा लीन र नफुत्कियोस भन्ने चाहना राख्दछ, उ समस्याहरुको पहाड खडा गरिदिन्छ र लम्ब्याइदिन्छ ! यो एसैको परिडाम् हो !
अब, यि मन्त्री हुने दाउमा नेपाली कोङ्रेशका सभासद र मालदार ठाउँको लोभमा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु सिनोमा झिङा भुन्भुनाये जस्तो भुन्भुनाइ रहनेछन ! प्रस्ट देख्नु हुनेछ ! एस्तो खाले सस्थागत बीकासले सक्ती नै सर्बोपरी ठान्द्छ; तेसैलाई केन्द्र बिन्दुमा राखी बिभिन्न नैतीक अनैतीक हथकन्डा अपनाउद्छ ( जुन समाजलाई मान्य होस् या नहोस् )!
पार्टी पद्दती भित्र सभागीता, पारदर्सीता, बिधी र बिधान र सस्थागत बीकासलाई प्राथमिकतामा राखिदैन ! नेपालका पार्टीहरुको दुर्दशा, अध्यारा दिन गन्ती सुरु भएका छन ! 
        रमाइलो छ ! सोच्ने फुर्सद छैन:   
      छलफल, सेमीनार,अध्ययन र अनुसन्धान बेगर ठुला शब्दको चयन गरी तेसैको आडम्बरमा हुनेखाने बर्ग कै स्वार्थ पुर्ती गरियो ( मदेशीका नाममा- मदेशका जमीन्दार, ठुला , ठालु माथि नै लगानी गरियो त्यहाँ तल्लो पानी नचल्ने, गरीबलाई भेट्ने कुनै कार्यक्रम नै छैन ) शब्द चयन् जुन गरीबीले थलियेका, जातीय ग्रुपको लडाईंबाट आजीत भएका अफ्रिकी मुलुकबाट लिने काम गरियो !
आफ्नो परिप्रेक्च्यमा तराइ के हो ? मदेश र मदेशी के हो ? पहाड के हो ? पहाडीया भनेको के हो ? हीमाल के हो, हीमाली भेगमा बस्ने के हो ? जातिय, बसाइ सराइ, सम्रचना, यिनिहरुको स्थानिय स्तरको बीकास र बाटो घाटो , प्रबिधी , संचार, उत्पादन ध्यान दियिएन ऐले सम्म कर्डालिमा चामल ओसार्नु राम्रो उडाहरड हो ! माथि उल्लेखीत कुनै केहीलाई पनि Local Scale को आधारमा र स्थानियताको आवश्यकताको आधारमा लियिएन ! ठुला ठुला कुरो गरीयो सामान्य मदेशी र पहाडी छुट्याउने Indicators सम्म कोही कसैले बोलेको सुनिएन ! पुरै हावामा, स्वार्थ अनुकुल कुदेको देखीन्छ !  
बिदेशिको जल स्वार्थ, नबधनाड्यहरुको आन्तरीक दन्द, जुगाको लडाईं नै ऐले को सीमान्कनको लडाईं हो ! यो झापा, मोरङ , कैलाली र कंचनपुरमा बस्नेको आवश्यकता देखिदैन, त्यहाँ बसोबास गर्नेको समस्या बेरोज्गारी, दाल भात र डुकुको समस्या हो ! 
प्रजात्रान्त्रिक मुल्य र मान्यतालाई कायम राख्दै Globalizing  Flows समातेर; अन्य देशका सासकहरुले दृष्‍टि, बिबेक, इमान्दारिता प्रयोग गरी देश समुनत बनाउने काम पनि गरे, जस्तै सिङापुर , इन्डोनेसीया आदी हुन ! हाम्रो चै अवस्था भिन्न नै छ ! हामी कठिन् र जटील अवस्थामा छौ ! प्रस्ट देखिन्छ ! अब, तपाईं हामी प्रतेक जात जाती, भाषा भासी साना मसिना कुरोमा नभुली- सहभागिता,इमान्दारिता, पारदर्सीता, दृष्‍टि, बीबेक र बुद्दी प्रयोग गर्दै आँफै र आफ्नोपनको मुल्य,मान्यता माथि बीश्वास गर्दै 'एक जुट" हुनु अत्याबस्यक भैसकेको छ ! अन्य बीकल्प देखिएन !  
Share this article :
+
Previous
Next Post »
My Blogger TricksAll Blogger TricksLatest Tips and Tricks
 
Back To Top