रास्ट्रिय जागरण अभियानमा सबैलाई स्वागत छ
नेपालका बीर सपुतहरु

के हुन अभियानका मौलिक विषेषताहरु ?

दृष्टिकोण       
१. राष्ट्रिय जागरण अभियान ईमान्दार, राष्टप्रेमी, नैतिक मुल्यमा अडेका र सृजनात्मक सोच बोकेका हिमाल पहाड तराई सबै क्षेत्रका जात-जाती भाषा-भाषी नेपालीहरुको साझा-अभियान हो।यस्ले प्रत्येक नेपालीहरुले हाल भोगिरहेका राजनैतिक, आर्थिकर सामाजिक समस्याहरुलाई बहुआयामीक र सृजनात्मक सोच अनुशार स्थानियतालाई प्राथमिकता दिँदै PLACE , SPACE LOCAL SCALE मा मापन गर्दै SPACE FRAMING तथा TIME FRAMING को बस्तुगत बिश्लेशणात्मक आधारमा समाधान गर्ने दृष्टिकोण राख्दछ। त्यसैले यो बेग्लै प्रकारको स्कूलिङ हो । देशको आधारभुत धरातल, मौलिकता, परिवेशको सापेक्षता र सामाजिक आवश्यकतानुरुप जीवन प्रणालिहरुको दिगो विकास गर्नु यसको ध्येय र उद्देश्य हो । बैदेशिक हस्तक्षेपबाट लादिएका र आयातित बिचार प्रणाली र पद्दतिहरुलाई हुबहु अनुशरण गर्ने हालको प्रबृत्तिलाई यो अभियानले अश्बिकार गर्दछ। यसले यान्त्रिक रुपमा आयातित विचार प्रणालिहरुलाई अस्विकार गर्दछ ।
 २. अभियानको कृयाकलापको केन्द्रबिन्दू समाज हो । प्रजातन्त्रका बिगत २६ बर्षको दलगत स्बार्थ, संस्थागत संरचनाहारुको बिघठन, ब्यक्तीबाद र बैदेशिक उद्देश्य अनुरुप भएका हस्तक्षेपबाट समाजमा सृजित राजनैतिक अन्यौलता, अस्थिरता र ठाडो हस्तक्षेपलाई चिर्दै नेपालिहरुलाई एकिकरण गर्ने अठोट राख्दछ।  सबै जीवन प्रणालिहरु सामाजिक हितका लागि भन्ने यसको मूलमन्त्र हो । यसले समाजको समयानुकुल परिबर्तनशिलता , आबश्यकता, चाहनाहरुलाई केन्दबिन्दुमा राख्दै राष्ट्रिय स्बार्थको बाटोबाट आत्मनिर्भर अर्थतन्त्र तर्फ डोर्‍याउने छ ।
३. यसले राष्ट्रलाई एउटा ऐतिहासिक निरन्तरताको समन्वयका आधारमा विकास भएका सामाजिक सँस्कृतिहरुमा आबद्ध मानिसहरुकोे साझा अन्तर्निर्भर आर्थिक, राजनीतिक, सामाजिक, नैतिक एवं मनोवैज्ञानिक जीवन पद्धतिको सार्वभौम अभिव्यक्ति मान्दछ । अभियान पृथकता र खण्डिकरणमा आधारित जातिय राष्ट्रको विरोध तथा अन्तर्घुलन र समन्वयमा आधारित नागरीक राष्ट्रको पक्षधर छ ।  
४. यो दिगो विकासमा आधारित अवधारणा हो ।यसले राज्यमा निजिकरण , बित्तियकरण (Financialization), संकटलाई बढाईचढाई (manipulation) र ब्यबस्थापन तथा राज्य पुनर्संरचनाका अश्त्रहरु अबलम्बन गरि दलाल पुजिँपति र क्रान्तिकारी दलाल पुजिँपतिहरुले गरेको आफ्नो स्बार्थ र बिदेशी स्बार्थ अनुरुपको (क) राज्यको पुनर्संरचना (ख) पुजिँको केन्द्रिकरण र संकलन बिरुद्द जागरण ल्याउँछ। सत्ता र पूँजी सञ्चयगर्ने सिद्धान्तको सट्टा सामाजिक आवश्यकताहरुलाई केन्द्रमा राखेर सबै जीवन प्रणालीहरुका बीचमा सन्तुलित एवं दिर्घकालिन विकासको पक्षपोषण गर्दछ । यो बास्तबीक् दलाल पुजिँपती र क्रान्तिकारी पुजिँपतीय पद्दति जो नबधनाड्यहरुको  राजनैतीक, आर्थिक र सामाजिक प्रबृत्ति, पद्दती, कमिसन, भ्रष्टाचार र भाग-बन्डा बिरुद्द नेपालीहरु एक जुट हुने जागरण अभियान हो । 
      
५.  यो अहिलेको TIME FRAMING SPACE FRAMING मा आधारित राष्ट्रिय आबश्यकता अनुरुपको नेपालीहरुको संबेदनशिलता बिकास गर्ने साझा आन्दोलन हो।। राष्ट्रलाई सार्वभौम दर्शन मानेर यस अनुकूलको साझा मनोविज्ञानको विकास गर्नु र हर प्रकारका विजातिय बाह्य हस्तक्षेपहरुको विरोध गर्दै परिबर्तन तिर डोर्‍याउनु यसको अहम् उद्देश्य हो ।
६. नेपालमा हाल देखाईएका समस्याहरु समस्या मात्र नभएर बाह्य डिजाईनमा निम्याईको संकटको जटिलताको (complexity ) अबस्था हो । संकटको अवस्थामा सबै जीवन प्रणालिहरु भङ्ग भएका हुन्छन् । हाम्रो मानसिकता, टेकिएको भुँई बिश्लेशण नगर्ने हाबादारी सैद्दन्तिक सपनामा रुमल्लिरहने र बिकसित भैसकेका बिभिन्न सिद्दान्तहरुलाई समयानुकुल अध्ययन र प्रयोग नगर्ने दास मानसिकता र “जी-हजुर” बाट स्बतन्त्र बन्न सिकाउने राष्ट्रिय जागरण अभियानको बैचारिक उद्देश्य हो, निर्षर्षमा भन्नु पर्दा  यो दलको जस्तो केवल राजनीतिक सत्ताको अभिष्ट बोकेको वा गैससहरुको जस्तो कृयाकलाप मात्र होईन, बरु यस्तो बृहत राष्ट्रिय आन्दोलन हो, जसले सुगौलीसन्धिपछिको नवऔपनिवेशिक यूगलाई समाप्त पारेर यूगान्तकारी मूल्यहरुको स्थापना गर्न चाहन्छ । 
  कुनै एउटा प्रणालि वा त्यसको एक अङ्गमा सुधार गरेर यसको समाधान निस्कँदैन । यसका लागि सर्वाङ्गीण दृष्टिकोण अन्तर्गत आमूल रुपान्तरणको आवश्यकता पर्दछ ।
मुल्य मान्यताहरु:-
ईमान्दारीता, पारदर्शिता, कानुनको पालना, संस्थागत बिकास, भ्रष्टाचार प्रति सुन्य सहनशिलता साथै राजनैतिक आर्थिक, सामाजिक र सास्कृतिक क्षेत्रका NORMS , VALUES , ETHICS , DIGNITY प्रति कटिबद्द हुनु राष्ट्रिय जागरण अभियानको मुल मान्यता हो। यो सहभागितामुलुक बाटोबाट सबै समस्याहरुको समाधान  खोज्नु पर्दछ भन्ने हाम्रो मान्यता हो। 
हामी आर्थिक तथा सामाजिक क्षेत्रमा परिणाममुखी ( Expect Impacts, Outputs, Short-Medium-Long-term outcomes) बिकासको लागी नाप्न सकिने सुचकहरु सहितको बिकास प्रणाली अनुशरण गर्छौ।
हामी धर्म र संस्कृति बैयक्तिक स्बतन्त्रताको कुरा हो भन्ने मान्यता राख्दछौ, तर लोभलालच, डरधम्मी र त्रासको आधारमा गरिने धर्म परिबर्तनको हामी बिरोध गर्दछौ। समयानुकुल परिबर्तन हुँदै गएको सामाजिक ठाडो बिभाजन मेट्नको लागी हामीले उत्प्रेरक को भुमिका निभाउने छौ।
हामी वाक स्बतन्त्रता , ब्यक्तीगत सम्पत्तीको अधिकार , प्रजातन्त्र , प्रजातान्त्रिक पद्दति, मताधिकार र सुशासन युक्त प्रशासनिक प्रणाली प्रति आबद्द र बिश्बस्त छौं। 
मिश्रित अर्थ-ब्यबस्थामा आधारित सामाजिक दायित्व सहितको प्रणालीमा बिश्बास गर्दछौं।
हामी बिकासको मामलामा Spatial Development , Local Milieu (स्थानिय श्रोत) Local Node (स्थानिय गाँठो) , भौगोलिक सामित्यता र Organized Proximity तथा त्यसले दिगो बिकासमा पुर्‍याउने योगदानलाई बिश्बास गर्दछौ।
Share this article :
+
Previous
Next Post »
My Blogger TricksAll Blogger TricksLatest Tips and Tricks
 
Back To Top