-जनकमान डंगोल/जागरणअभियन्ता
अहिलेत धेरले बिर्सि पनि सकेका होलान अनार
शिंह कार्कीलाई । पंचायती शासन
भन्नासाथ दलबिहीन निरंकुस भनेर चित्रण गर्ने गरिन्छ । पंचायेतमा राजनैतिक
पार्टी तथा दल खोल्न पाईदैन थियो । दल तथा पार्टीहरुमा प्रतिबन्ध लगाएको
हुनाले नै निरंकुश शासन ब्यबस्था भनेर चित्रण गरिएको हो । पंचायती
ब्यबस्थाको बिरुद्धमा कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुमा लागेर धेरैले
आफ्नो जवानी र समय खर्चीय । ब्यबस्थाको बिरोध गरेको भन्दै पंचायती शासकले
कतिलाई पक्रिएर राजकाज अपराधमा मुद्धा चलायेर काराबसको जीबन जिउन बाध्य परे
। कतिपय भागेर छिमेकी मुलुक भारत तर्फ पसे । फेहरिस्त लामै भएको हुनाले
चाहेर पनि नाम उल्लेख गर्न सकीन ।
यो पंक्तिकार राष्ट्र सेवक हुंदाको
समयमा समकक्षि मित्रले अनार सिंह कार्कीको बारेमा कुरा गर्थ्यो । अनार सिंह
कार्की भनेको ठुला मान्छे । नेपाली कांग्रेस पार्टीमा लागेर ब्यबस्था
बिरोधी काम गरेको भएर हाम्रो गणमा ल्याएर नजरबन्दमा राख्दा मैले उहां बारे
धेरै कुरा जान्न र बुझ्न पाये । पछि हिरासतमुक्त हुंदा समय मिल्यो र केहि
पर्यो भने मलाई भेट्न आउनु है । मैले सकेको सक्दो सहयोग गर्छु भनेर अनार
सिंह कार्कीले भन्नु भो । कांग्रेसी अरु नेताहरूको तुलनामा कारकिज्यु
मान्छे सारे भलादमि पाएं ।
आज भन्दा २७ बर्ष अगाडी भएको मेरा समकक्षि
मित्र संग भएको कुरा मेरो मानसपटलमा ताजै थियो । सर्लाही राजघाट घर भएका
मेरा ति मित्रले केहि समय अगाडी मेरै सांधको घडेरि किन्न भ्याएका रैछन तर
संधियारको बिषयमा हामी दुबै भने अनभिज्ञनै थियौ ।
दुई हप्ता अगाडी मेरा
तिनै सहपाठी मित्र आफुले किनेको घडेरिमा रोपेको मकै बाली गोड़मेल गर्न आएका
रैछन । धेरै बर्ष पछि भेट भएका हामी दुई बिच तितामिठा कुरा भये र कुरैको
प्रसंगमा हामिले संगै गरेको तालीम देखि कांग्रेसी नेता अनार सिंह कार्कीको
कुरा समेत गर्न भ्यायौं ।
६ महीना अगाडी पूर्व प्रशासक तथा संचारकर्मी
आनंदराम पौडेलज्यु ले सामाजिक अभियन्ता भरत दाहालज्यु हेटौडा आउदै
हुनुहुन्छ । समसामयिक बिषयमा कुराकानी हुने भएकोले भेट्ने भये आउनुस भनेर
जनाउ दिनु भयो । हामी केहि हेटौडेलिहरु बिच भरत दाहालज्यु संग भेटघाट भयो ।
राष्ट्र यतिखेर नाजुक मोडमा छ । राष्ट्र बचाउने हो भने हामी सबै हातेमालो
भएर अगाडी बढ्नु जरुरी छ त्यसैले राष्ट्रीय जागरण अभियान भन्ने समूह गठन
गरेका छौ र यो राष्ट्रबादी बिचारधारा बोक्नेहरुको समुह हो भनेर जनाउ दिनु
भयो ।
म अहिलेको राजनितिक पार्टीहरुको क्रियाकलाप देखि गतिबिधिबाट
दिक्क मानेको ब्यक्ति । देसमा अहिले शासन हाक्ने देखि प्रतिपक्षमा लागेका
पार्टीका नेताहरुले देस र जनताको हितमा नभएर बिदेसिहरुको हितमा काम गर्छन
भन्ने देखाई र भोगाई समेत थियो । राष्ट्रबादीहरुको समूह गठन भएको देख्दा
आनन्द र खुसीको अनुभूती भयो र समुहमा लागेर राष्ट्रको सेवा गर्नु पर्छ
भन्ने बिसार्को साथ मैले पनि ‘राष्ट्रीय जागरण अभियान’ मा लाग्ने निधो गरे ।
![]() |
२०७३ आषाढ ३ र ४ गते रास्ट्रिय जागरण अभियानको केन्द्रिय भेलामा सहभागीहरु |
२०७३ आषाढ ३ र ४ गते राष्ट्रीय जागरण अभियानको केन्द्रीय भेला काठमाण्डौमा हुने निधो भएको जानकारी पाये र कार्यक्रममा भाग लिन आउने बरिस्ट देखि कनिष्ठ महानुभावहरु देख्दा यो पंक्तिकार घोर आस्चर्यमा परेको महसूस भयो ।
नेपाल बिगार्नेमा अहिले सम्म कांग्रेस तथा कम्युनिस्ट नेताहरूको जति ठुलो
हात छ देसलाई बचाउनमा पनि कांग्रेस तथा कम्युनिस्ट पार्टीमा रहेर काम गर्ने
नेताहरूको ठुलो हात रहेको भनेर इतिहासमा लेखिएको छ । २०१७ सालमा स्व. राजा
महेन्द्रले प्रजातंत्रलाई प्रतिबन्ध लगाउनु भन्दा अगाडी कम्युनिस्ट नेता
शैलेन्द्र प्रसाद उपाध्याय देखि कांग्रेसी नेताहरु बिश्वबन्धु थापा, तुलसी
गिरीहरु संग गहन छलफल गरे पस्चात मात्र देसमा पंचायती ब्यबस्थाको सूत्रपात
गरिएको भनेर जानिफकारहरु बताउछन । यदि त्यों समयमा माथि उल्लेखित नेताहरुले
राजाको बिचारमा सहमति नजनाएको भये हाम्रो देस नेपालले पनि सिक्किमको दशा
ब्यहोर्नु पर्थ्यो । छिमेकी भारतले जहिले पनि नेपाललाई सिक्किमकै बाटोमा
हिंडाउने प्रयत्न गरेको छ र अहिलेको राजनैतिक घटनाले त्यस्तै पुस्तिका
गर्दै लगेको छ ।
राष्ट्रीय जागरण अभियानमा लाग्नु भएका अहिलेका प्राय
सबै अभियन्ताहरु मध्ये धेरैले बामपंथी बिचारधारा बोक्नु भएको रैछ भन्ने
कुरा सम्मेलनमा उहांहरुले ब्यक्त गर्नु भएको अभिब्यक्ति बाट जान्ने र
बुझ्ने मौक़ा पाये भने अनार सिंह कार्की जस्ता चर्चित कांग्रेसी नेताहरु
समेत राष्ट्रीय जागरण अभियानमा जोड़ीनु भनेको एक किसिमको सुखद आस्चर्य नै हो
भन्ने यो पँक्तिकारको ठम्याई हो ।
अब प्रश्न उठ्छ देसमा चर्चित
राजनैतिक पार्टीहरु हुंदाहुंदै पनि राष्ट्रीय जागरण अभियानको गठन गर्नु
पर्ने ख़ास त्यस्तो कारण के आई पर्यो ? देसमा यतिखेर समाजबादको दुहाई दिने
नेपाली काङ्रेस, मार्क्स देखि लेनिन हुंदै माओको बिचारधारा अंगाल्ने असंख्य
बामपंथी पार्टी तथा दलहरु, समाजबादमा उदारबाद जोडिएको पूर्ब पंचहरुको
पार्टी राष्ट्रीय प्रजातंत्र पार्टीहरु देखि जातीयता हुंदै क्षेत्रीयताको
वकालत गर्ने क्षेत्रीय पार्टीहरु छन । सबैले राष्ट्रियता देखि जनताको
पक्ष्यमा मुखारी वकालत गर्छन तर जमीनी सतहमा हेर्ने हो भने सबै राजनितिक
पार्टीहरु राष्ट्र र नागरिक प्रति उत्तरदायी नभएर आफ्नो र आफ्नो आसेपासे
देखि पार्टीको हितमा मात्र काम गरेको देख्छौ भने यस्ता राजनीति पार्टीहरुले
कसरी राष्ट्र बचाउन सक्छन ? जब राष्ट्रको पहिचाननै मेटाइन्छ भने हामी तिन
करोड़ नेपालीहरुको पहिचान के हुन्छ ?
सबै राजनैतिक पार्टीहरुले
राष्ट्रको पहिचान र जनताको उन्नतिको लागि काम गरेर देखाएको भये आफ्नो
जीवनको अधिकांस समय नेपाली कांग्रेसमा अर्पित गरेका अनार सिंह कार्की देखि
बामपंथी बिचारधारामा लागेर जीवनको अमुल्य समय खर्चेका महानुभावहरुले
राष्ट्रीय जागरण अभियान पक्कै पनि खोल्नु पर्दैन थियो होला ।
राष्ट्रीय
जागरण अभियान राजनैतिक दल वा पार्टी हैन । राष्ट्रको चिंतन गर्नेहरुको
समूह हो । यो अभियानमा देसका चर्चित प्रबुद्ध बिद्द्वानहरु देखि बिभिन्न
राजनैतिक पार्टीमा संलग्न हुनुभएका ब्यक्तित्वहरु देखि हिमालय, पहाड़ देखि
तराईका युवाहरू समेत जोड़ीनु भएको छ ।
मर्यो ज्यूंदै त्यों जसले बिरस्यो देसको माटो
बांच्यो जसले सम्झ्यो देसको माटो
भन्ने युक्ति सम्झिनु भएको छ भने आउनुहोस राष्ट्रीय जागरण अभियानमा लागेर हातेमालो गर्दै राष्ट्र बचाउने अभियानमा संलग्न हौं ।
६ असार २०७३